Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

ललितपुरको एक गेष्ट हाउसमा बालिका बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौं । ललितपुरमा एक नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी देवापुर ग्रामपञ्चायतका २० वर्षीय रेहान शेख रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

बल्खुस्थित नमस्ते सुविधा गेष्ट हाउसमा उनीमाथि नाबालिकालाई बलात्कार गरेको आरोप छ । विहे गरेर भारत लैजान्छु भनेर गेष्ट हाउसमा लगेर बलात्कार गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि बलात्कारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077