Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

जनताले मलाई प्रधानमन्त्री बनेको हेर्न चाहेका छन् : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताएका छन् ।

बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा सिंहले यस्तो बताएका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बताए ।

उनले विगतका चुनावमा भन्दा यस पटकको चुनावमा जनताले राम्रो प्रतिक्रिया दिइरहेको भन्दै आफूले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरु उल्लेख गरेको बताए ।

गुणस्तरयुक्त शिक्षा र स्वास्थ्य सेवाको विकास गर्न पनि मतदाताले माग गरेको बताए । नेता सिंहले संवैधानिक निकायहरुमा राजनीतिकरण हुनु नहुने भन्दै योग्य व्यक्ति चुन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077