Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जोखिम नक्साङ्कनको काम तत्काल थालनी गर्न उपप्रमुख डंगोलको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद व्यवस्थापन विभागका अधिकारीहरुलाई जोखिम नक्साङ्कनको काम तत्काल थालनी गर्न आग्रह गरेकी छन्।

बिहीबार उनकै कार्यकक्षमा विभागको जिम्मेवारीमा परेका काम र त्यसको प्रगतिका विषयमा जानकारी लिँदै यस्तो आग्रह गरेकी हुन्।

‘सहरको अवस्था र विशेषता जान्नका लागि जोखिम अवस्थाको सूचना प्राथमिक सूचक हो। यसका विषयमा हामीलाई थाहा हुनुपर्छ,’ उनको भनाइ थियो।

छलफलमा काठमाडौँ महानगरपालिका आपतकालीन कार्य सञ्चालन केन्द्र, (एमईओसी) को कार्यस्थललाई व्यवस्थापन गर्ने, अग्नि नियन्त्रणका लागि बालाजु स्टेसन सञ्चालनमा ल्याउने, दमकल जान नसक्ने गल्लीहरुमा फायर हाइड्रेन्डको नक्साङ्कन र लागतअनुमान तयार पार्ने लगायत कामका विषय थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077