Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जापानमा बुटवल घर भएकी एक महिलाको चक्कु प्रहारबाट हत्या

काठमाडौं । जापानमा एक नेपालीको चक्कु प्रहार गरी हत्या भएको छ । इसेसाकी सहरको अपार्टमेन्टमा बस्ने ४२ वर्षीय लक्ष्मीकुमारी बस्नेत अधिकारीको हत्या भएको हो ।

चक्कु बोकेका एक व्यक्ति उक्त घटनास्थलबाट निस्केको देखिएको जापानको सार्वजनिक सञ्चारमाध्यम एनएचकेले जनाएको छ ।

प्रहरीले अपार्टमेन्टमा पुग्दा दोस्रो तल्लाको कोठाको प्रवेशद्वारमा रगत बगिरहेको अवस्थामा घाइते अधिकारीलाई भेटेको र उनलाई अस्पताल पुर्याइए पनि मृत्यु भएको थियो ।

प्राप्त जानकारी अनुसार मृतक अधिकारीको नेपालको घर बुटवल रहेको र माइती बागलुडको गलकोट रहेको बताइएको छ । स्थानीय प्रहरीले अभियुक्तको खोजतलास तीव्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077