Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

करारमा शिक्षक भर्ना अगाडि बढाएपछि छिपहरमाई गाउँपालिका अध्यक्षलाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार र प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद साहलाई स्पष्टीकरण सोधेको छ ।

नगरपालिकाले गएको भदौ २५ गते करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरेको र उक्त प्रक्रिया हालसम्म जारी रहेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको बारेमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

‘निर्वाचन आचारसंहिता, ०७९ लागू रहेको अवस्थामा अगाडि बढाइएको करार शिक्षक नियुक्ति प्रक्रिया सम्बन्धमा के कसो भएको हो? यदि निर्वाचन आचारसंहिता विपरित हुने गरी करारमा शिक्षक नियुक्ति गरिएको हो भने उक्त नियुक्ति बदर गर्नु नपर्ने कारण के हो? आयोगले भनेको छ ।

उनलाई २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न भनिएको छ । अन्यथा, कानुनबमोजिम कारबाही हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077