Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

किम जोङ उनले पहिलो पटक सार्वजनिक गरे आफ्नी छोरी

एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनले पहिलोपटक आफ्नो छोरी सार्वजनिक गरेका छन्। ‍सैन्य सामाग्री अवलोकनका लागि उनले छोरीलाईसँगै लिएर गएको तस्विर सार्वजनिक भएको हो।

शुक्रबार उत्तर कोरियाले पोङयाङ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरमहादेश मार हान्ने क्षमताको शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो। क्षेप्यास्त्र परीक्षण गर्नुअघि उनी छोरी सहित त्यहाँ उपस्थित भएका थिए ।

किमको व्यक्तिगत जीवनबारे धेरै कम सुचना सार्वजनिक भएका छन्। सन् २०१३ मा द गार्डियनले किमकी श्रीमतिसँग कुरा गरेको थियो। त्यसमा कीम असल पिता रहेको उल्लेख थियो।

उत्तर कोरियाको राष्ट्रिय खुफिया सेवाका अनुसार किमका तीन सन्तान छन्। उत्तर कोरियाली परिक्षण गरेको क्षेप्यास्त्र शुक्रबार जापानको सीमा क्षेत्रमा खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077