Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पौने १ बजेसम्म ३२ प्रतिशत मतदान सम्पन्न भएको आयोगको दाबी

काठमाडौं । आइतबार दिउँसो १२: ४५ बजेसम्म ३२ प्रतिशत भत खसेको छ। निर्वाचन आयोगले आइतबार पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार दिउँसो १२ बजेर ४५ मिनेट जाँदा ३२ प्रतिशत मतदान भएको जानकारी दिए ।

प्रवक्ता पौडेलले छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान भएको पनि जानकारी दिए । उनले देशभरि छिटफुट घटनाबाहेक उत्साहपूर्ण मतदान भइरहेको बताए।

पत्रकार सम्मेलनमा सहायक प्रवक्ता पौडेलले भने, 'छिटफुट घटनाबाहेक देशभरि उत्साहपूर्ण मतदान भइरहेको छ।

कतिपय ठाउँमा स्थगित भएको मतदान पुनः सुरु भएको छ। कतिपय ठाउँमा भने सर्वदलीय बैठक बसेर पुनः मतदान गर्ने तयारी भइरहेको छ।'

उनले मतदान अधिकृतहरुलाई आफूखुसी मतदान स्थगित नगर्न निर्देशनसमेत दिएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077