Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मतदानको पूर्वनिधारित समय सकियो, मतपेटिका संकलनको काम जारी

काठमाडौं । देशभर एकसाथ भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।

देशका अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । यद्यपि ५ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरिसकेका मतदाताहरुले केही अबेरसम्म मतदान गर्न पाउने छन् ।

केही मतदान स्थलमा विवादका कारण रोकिएकाले ती स्थानमा मतदान गराउने प्रयास जारी छ । दोलखा, बाजुरा, सिरहा, नवलपरासी पूर्व लगायतका स्थानमा मतदान रोकिएको छ ।

ती स्थानमा मतदान सुरु गराउन प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएका स्थानबाट मतपेटिका संकलनको काम जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077