काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।
सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका प्रकाशमान सिंहले ३२६ ल्याउँदा राप्रपाका रवीन्द्र मिश्रले २८९ मत पाएका छन्।
नेकपा (एमाले)का किरण पौडेल १८६ मतका साथ तेस्रो स्थानमा छन्।
यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीका रमेश खरेल पनि प्रतिस्पर्धामा छन् ।
मतगणना नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी छ।