Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुपन्देही-१ मा विश्वकर्माको अग्रता कायमै, घनश्याम भुसाल तेस्रो स्थानमा

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा एमालेले अग्रता कायमै राखेको छ ।

अहिलेसम्म ७ हजार ७१५ मतगणना हुँदा एमालेका उम्मेदवार छविलाल विश्वकर्मा १७३८ मत ल्याए ।

दोस्रो स्थानमा भने नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरी रहेका छन् । उनले १५९९ मत ल्याएका छन्।

सत्तारुढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाल १४०१ मत ल्याएर तेस्रो नम्बरमा छन् ।

यस्तै जनमत पार्टीका कैलाश गुरुङले ११२६ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077