Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन

काठमाडौं । चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोता महावीर विश्वकर्माको निधन भएको छ ।

आज गृहजिल्ला चितवनमा विश्वकर्मा सवार माइक्रो बस बिग्रेर रोकिराखेको गाडीमा ठोक्किँदा उनको निधन भएको हो ।

वैज्ञानिक समाजवादी पार्टीकी केन्द्रीय सदस्य रुपा सुनारका अनुसार राप्ती नगरपालिका वडा नं. ६ हर्दीचोकमा बिग्रेर रोकी राखेको ना२ख ८५२२ नम्बरको (भुस लोड) ट्रकको पछाडी लोथरबाट नारायणगढतर्फ गरहेको बा४ख ४१२ नम्बरको माईक्रो हाईयस ठोक्किएको थियो ।

सो दुर्घटनामा परी अन्य ५ जना समेत घाइते भएको बताइएको छ । नीहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । विकको उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

चर्चित कार्यक्रम वहकिने मनका प्रस्तोता उनी वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077