Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

लमजुङमा पृथ्वीसुब्बा गुरुङको अग्रता कायमै, मतान्तर घटाउँदै देव गुरुङ

लमजुङ । लमजुङमा माओवादी केन्द्रका महासचिव देव गुरुङ मतान्तर घटाउन थालेका छन् ।

सुरुवातदेखि पछि परेका माओवादीका गुरुङले मंगलबार दिउँसोदेखि मतान्तर घटाउन थालेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले १६ हजार २८५ मत ल्याएर अग्रता कायमै राखेका छन् भने माओवादीका महासचिव गुरुङले १४ हजार ८९७ मत ल्याएर पछ्याइरहेका छन् ।

उनी एमाले उम्मेदवार गुरुङसँग एक हजार ३८८ मतले पछि परेका छन् । यहाँ करिब आधा मतगणना सकिएको छ ।

खसेको कुल ८० हजार ९१७ मतमध्ये अहिलेसम्म ३५ हजार ८८५ मत गनेर सकिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077