Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नागरिकताका विषयमा रवि लामिछानेले जवाफ बुझाए

काठमाडौं । नागरिकताका विषयमा निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले मङ्गलबार जवाफ दिएका छन् । लामिछानेले बन्दी खाममा आफ्नो स्पष्टीकरणको जवाफ पठाएका हुन् ।

आयोगको निर्वाचन कार्यालय चितवनमा उनले स्पष्टीकरण बुझाउनुभएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । मङ्गलबार अबेर गरी उनले जवाफ बुझाएका थिए ।

सो जवाफलाई कार्यालयले निर्वाचन आयोगमा जस्ताको तस्तै बुझाउने बताइएको छ । 'बन्दी खाम हामी नखोली आयोगमा पठाउँछौँ । आयोगले यस विषयमा थप निर्णय गर्नेछ,' आचार्यले भने ।

चितवन क्षेत्र नम्बर २ मा लामिछानेले अग्रता लिइरहेका बेला सो जवाफ बुझाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेविरुद्ध नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने माग गर्दै परेको उजुरी परेपछि गत कात्तिक ३० गते आयोगले उहाँलाई स्पष्टीकरण सोधेको थियो। मङ्गलबार स्पष्टीकरणको अन्तिम दिन थियो । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077