Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धनुषाबाट १९ किलो अवैध लागूऔषध गाँजा बरामद

धनुषा । प्रहरीले अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

धनुषाको सबैला नगरपालिका-१२ रघुनाथपुर नहरचोकबाट १९ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको होे ।

प्रहरी चौकी बरमझीयाबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जना व्यक्तिले

मोटरसाइकलमा बोकी ल्याएको बोरा फाली फरार भएपछि बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

हाल फरार व्यक्तिहरूको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077