Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पर्सा-१ मा जसपाका प्रदीप यादव विजयी

पर्सा । पर्सा-१ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार प्रदीप यादव निर्वाचित भएका छन् ।

पूर्व वन मन्त्री समेत रहेका यादवले १ हजार ६२० मतको अन्तरले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई पराजित गरेका हुन् । यादव यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यादवले मतगणनाको अन्तिम नतिजा अनुसार २२ हजार ५३७ मत प्राप्त गरेका छन् भने द्विवेदीले २० हजार ९१७ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका किरणमान डंगोलले २ हजार ६५९ मत ल्याए ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार लक्षमणलाल कर्णले १ हजार ११७ मत ल्याए । लोसपाका नेता कर्णको जमानत जफत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077