Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पुष्पा भुसाल पराजित भएपछि कांग्रेस अर्घाखाँचीका नेता पौडेलद्धारा राजीनामा

काठमाडौं । नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि पौडेलले पदबाट राजीनामा दिएका छन् ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस तथा पाँचदलीय गठबन्धन पराजय भएपछि उनले बिहीबार नैतिकताको आधारमा राजीनामा दिएका हुन् ।

उनले पार्टीमा देखिएको अराजकता, असहिष्णु व्यवहारका कारण अर्घाखाँचीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पा भुसालसहित प्रदेशका दुवै सिट गुमेकाले पदमा बस्न नैतिकताका आधारमा नमिल्ने भन्दै उनले जिल्ला कार्यसमितिबाट राजीनामा दिएका हुन् ।

उनले आगामी दिनमा कांग्रेसभित्रै रहेर राजनीति गर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भुसाल एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077