Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बैतडीमा एमालेका दामोदर भण्डारीको 'ह्याट्रिक' जित

बैतडी । बैतडीबाट नेकपा एमालेका दामोदर भण्डारीले लगातार तेस्रोपटक विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई पराजित गर्दै भण्डारी विजयी भएका हुन् । भण्डारीले ३३ हजार ६११ मत ल्याए ।

उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुँवरले ३२ हजार ८० मत पाए ।

कुँवरलाई १ हजार ५३१ मतले पछि पार्दै भण्डारीले लगातारले ह्याट्रिक जित हात पारेका हुन् ।

उनले यसअघि दोश्रो संविधानसभा निर्वाचन २०७० र २०७४ सालको निर्वाचन जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077