Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भाडाकै घरमा नयाँ संसद्को पहिलो बैठक

काठमाडौं । प्रतिनिधिसभाको गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदले भाडाकै भवनमा बैठक बस्नुपर्ने भएको छ ।

सिंहदरबारस्थित संघीय संसद् भवनको निर्माण कार्य सम्पन्न नभएकाले अबका नयाँ निर्वाचित सांसदले भाडाकै भवनमा बैठक बस्नुपर्ने भएको हो ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजनिक गरेपछि संसद् सचिवालयले संसद् बैठकको तयारी गर्नेछ । सो अवधिमा पनि संसद् भवनको निर्माण कार्य सम्पन्न नहुने देखिएकाले भाडामा लिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा नै संसद् बैठक बस्ने भएको हो ।

सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद्को भवन बनाउन १६ असोज २०७६ मा ६ अर्ब ९२ करोड रुपैयाँमा ठेक्का लागेको थियो ।

सुरुको ठेक्का सम्झौताअनुसार १५ असोज २०७९ मा संसद् भवन तयार भइसक्नुपर्ने थियो । कोभिडका कारण निर्माणका लागि ६ महिना म्याद थप भएपछि ठेक्का अवधि ३० चैत २०७९ मा पुगेको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077