काठमाडौं । निर्वाचन आयोगले दुई दिनयता रोकिएको उदयपुर१ को मतगणना सुरु गर्न निर्देशन दिएको छ ।
आयोगले मुख्य निर्वाचन अधिकृतलाई मतगणनापूर्व भएको सहमतिका आधारमा गणना कार्यलाई निरन्तरता दिन निर्देशन दिएको हो ।
साथै एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए पत्रबमोजिम मतगणना कार्यलाई दिने आयोगको निर्णय भएको भनिएको छ ।
प्राप्त पत्रकै आधारमा अहिले गणना सुरु गरिने मतगणनास्थलमा माइकिङ गरिएको छ ।
आइतबार मतगणनाका क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको थियो ।