Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकै ओभरमा ७ छक्का प्रहार, रितुराजले बनाए नयाँ कीर्तिमान

एजेन्सी । भारतको महाराष्ट्रका कप्तान र ओपनर रुतुराज गायकवाडले अहमदाबादमा भएको विजय हजारे ट्रफीको क्वार्टरफाइनलमा उत्तर प्रदेशविरुद्ध लिस्ट ए क्रिकेटमा कीर्तिमानी ब्याटिङ गरेका छन् ।

उनले एकै ओभरमा सात छक्कासहित ४३ रन बनाएर कीर्तिमान बनाएका हुन् । खेलको ४९ औँ ओभरको पाँच बलमा लगातार ५ छक्का हानेका उनले नो बलमा पनि छक्का हाने।

अन्तिम बलमा पनि छक्का प्रहार गर्दै एकै ओभरमा ७ छक्का हानेका हुन्। उनले शिव सिंहलाई लगातार पाँच बलमा छक्का हानेका थिए।

रितुराजले १५९ बलमा १० चौका र १६ छक्का हान्दै २२० रनको नटआउट इनिङस् खेले। २२० रनको अविजित पारी खेलेका उनी लिष्ट ए क्रिकेटमा ३९ औँ दोहोरो शतक हान्ने खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077