Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनमा शून्य कोभिड नीति विरुद्ध प्रदर्शन जारी, सुरक्षा व्यवस्थामा कडाई

एजेन्सी । चीनमा कोरोना नियन्त्रणका लागि लागू गरिएको ‘शून्य कोभिड नीति’ विरुद्ध प्रदर्शन चर्किदै गएपछि ब्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आज मंगलबार पनि राजधानी बेइजिङ र साँघाईमा सुरक्षा ब्यवस्था कडा बनाउनुका साथै विरोध प्रदर्शनको फोटो खिच्न प्रतिबन्ध लगाईएको छ ।

चीन सरकारले पछिल्लो समय कोरोना संक्रमणदर बढेको भन्दै देशका केही शहरहरूमा गरेको लकडाउन, कोरोना परीक्षण र क्वारेन्टिनको नियम विरुद्ध प्रर्दशन भएको हो ।

राजधानी बेइजिङ र साँघाईमा एकसाथ भेला भएका प्रदर्शकारीहरूले चीनका राष्ट्रपति सी जिनपिङको राजीनामा समेत माग गदै प्रर्दशन जारी नै राखेका छन् ।

चीनको एक अपार्टमेन्टमा हालै भएको आगलागीमा क्वारेन्टिनमा बसेका १० जनाको मृत्यु भएपछि रूष्ट बनेका चिनिया नागरिकहरुले चीन सरकार विरुद्ध गरेको प्रदर्शनका कारण जनजीवन अस्तब्यस्त बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077