Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्याङ्जा २ र बाजुरामा मतगणनाको माग गर्दै आयोगमा ज्ञापन पत्र

काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना सुरू गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ।

आज कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, स्याङ्जा २ मा उम्मेदवार रहेका उपसभापति धनराज गुरूङ र केन्द्रीय सदस्य प्रदीप पौडेल आयोग पुगेर आयुक्तहरूसँग छलफल गर्दै मतगणना सुरू गर्न माग गरेका हुन्।

स्याङ्जा र बाजुरामा मतगणना सुरू गर्न आयोगको ध्यानाकर्षण गरिएको नेता पौडेलले जानकारी दिए। उनले मतगणना नगरेर आयोगले कमजोरी देखाएको आरोप लगाए।

उनले भने, ‘विविवत रूपमा मतदान भएको छ भनेर दलका प्रतिनिधिहरूले मुचुल्का गरेका छन्।

तर ती मतपेटिकाको मत गणना भएको छैन । आयोगबाट अनधिकृत समिति बनाएर अर्कै खेल खेल्न खोजिएको त होइन भनेर हामीले ध्यानाकर्षण गराएका छौं।’

स्याङ्जामा कांग्रेसले बुथ कब्जा गरेको एमालेको आरोप छ। विवादका कारण मतगणना हुन सकेको छैन।

बाजुरामा पनि कांग्रेस र एमालेले एकअर्कालाई १७ वटा बुथ कब्जा गरेको आरोप लगाएका छन् त्यसका कारण त्यहाँ पनि मतगणना सुरू हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077