Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाजुरा र स्याङ्जा २ मा रोकिएको मतगणनाबारे निर्णय लिन आयोगको बैठक बस्दै

काठमाडौं । बाजुरा र स्याङ्जा २ मा रोकिएको मतगणनाबारे निर्णय लिन निर्वाचन आयोगको बैठक बस्दैछ ।

पुनः मतदान गर्ने या मतगणना कार्य अघि बढाउने भन्नेबारे निर्णय लिन आज आयोगको बैठक बस्न लागेको हो ।

यी दुई निर्वाचन क्षेत्रमा बुथ कब्जा भएको आरोप कांग्रेस र एमालेले एकअर्कालाई लगाइरहेका छन् भने विवादकै कारण मतगणना हुन सकेको छैन ।

कांग्रेसले मतगणनामा र एमालेले पुनः मतदानमा जोड दिँदै आएको छ । आयोगले धाँधली भएको भनिएको दोलखाको १० मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077