Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन

एजेन्सी । चीनका पूर्व नेता जियाङ जेमिनको ९६ वर्षको उमेरमा निधन भएको छ ।

उनको बुधबार अपरान्ह निधन भएको हो । जेमिनको ल्युकेमिया र मल्टिपल अर्गन फेलियरका कारण निधन भएको बताइएको छ ।

उनी तियानमेन स्क्वायर विरोध प्रदर्शनपछि शक्तिमा आएका थिए ।  हालैका दशकहरूमा चिनियाँ इतिहासको प्रमुख व्यक्तित्वमध्ये उनी एक थिए ।

जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए । उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077