Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने बताएका छन् ।

विराटनगरमा बिहीबार बिहान पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरे ।

उनले संसदीय दलका सभापति शेरबहादुर देउवा टिमको बर्चस्व भएपनि संसदीय निर्वाचनमा आफ्नो टिमले प्रयास भने गर्ने बताए ।

उनले भने,‘नम्बर गेममा यसै हेर्दा शेरबहादुरजीकै बर्चस्व छ भन्ने देखिन्छ । हामी कसरी जाने म शेरबहादुरजीसँग पनि कुरा गर्छु ।

पार्टीको सभापतिसँग कुरा नगरी जिम्मेवार व्यक्तिले अगाडि बढ्न पनि हुँदैन जस्तो लाग्छ, अन्य साथीहरुसँग पनि कुरा गर्छौं ।’

महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077