Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा सभापति लामिछाने र अमेरिकी विशेष दूत गोरबीच नयाँ दिल्लीमा भेटवार्ता

रास्वपा सभापति लामिछाने र अमेरिकी विशेष दूत गोरबीच नयाँ दिल्लीमा भेटवार्ता

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

लामिछानेको पाँचदिने भारत भ्रमणका क्रममा उक्त भेट भएको हो । 

“नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगको भेटमा अमेरिका–नेपाल साझेदारीलाई सुदृढ बनाउने विषयमा फलदायी भेटवार्ता भयो । अमेरिका नेपालसँगको आफ्नो मित्रतालाई उच्च महत्व दिन्छ र हाम्रा दुवै राष्ट्रका लागि समृद्धि र अवसरहरूलाई बढावा दिने साझा प्राथमिकताहरूमा मिलेर काम गर्न प्रतिबद्ध छ, ” भेटपछि सामाजिक सञ्जाल एक्समा सर्जियो गोरले उक्त भेटबारे जानकारी दिएका छन् ।

भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य वरिष्ठ नेताहरूसँग पनि भेटवार्ता गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077