Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता, सरकार गठनबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ।

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको नतिजा अन्तिम चरणमा पुग्दै गर्दा गठबन्धनका २ शीर्ष नेताबीच भेटवार्ता भएको हो।

२ नेताबीच बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्वाचन परिणामको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल भएको नेता ठाकुरनिकट स्रोतले जानकारी दिए।

प्रतिनिधि सभा सदस्यका लागि लोसपाले मधेस प्रदेशका ७ सिटमा गठबन्धनका दलसँग तालमेल गरेको थियो। जसमध्ये ३ सिटमा लोसपाले जित हासिल गरेको छ।

यस्तै, मधेस प्रदेश सभामा लोसपाले प्रत्यक्षतर्फ ७ सिट जितेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077