Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवा र सीके राउतबीच भेटवार्ता, सरकारमा सामेल हुने सहमति

    प्रधानमन्त्री देउवा र सीके राउतबीच भेटवार्ता, सरकारमा सामेल हुने सहमति

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 819
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।



    कांग्रेस नेता विमलेन्द्र निधि बिहीबार दिउँसो राउतलाई लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । वार्ता सकारात्मक र परिणाममुखी भएको निधिले बताए ।



    उनले ट्विटरमा लेखेका छन्, ‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा. सि के राउतलाई लिएर प्रधानमन्त्री शेर बहादुर देउवा संग बालुवाटारमा भेंट गराएर फर्कदै छु । दुबै जनामा सकरात्मक र परिणाम मुलक वार्ता भएको छ । गठबन्धन र काँग्रेस संग संघिय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा शामेल हुने सहमति भएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार