Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवालाई भेटेलगत्तै प्रचण्ड भेट्न खुमलटार पुगे सीके

    प्रधानमन्त्री देउवालाई भेटेलगत्तै प्रचण्ड भेट्न खुमलटार पुगे सीके

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 657
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे लगत्तै राउत बिहीबार साँझ प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।



    प्रचण्ड र राउतबीच बधाई तथा शुभकामना साटासाट भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताइन् । सत्ता गठनको प्रक्रिया नजिकिएसँगै नेताहरूले भेटघाटलाई तीव्र पारेका छन् । यसअघि राउतले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेका थिए ।



    भेटमा प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुन र लोकतान्त्रिक शक्तिहरुको सरकार बनाउन आग्रह गरेका थिए । छलफलको क्रममा जनमत पार्टीका अध्यक्ष राउतले आफू सत्ता गठबन्धनमा सामेल हुन सकारात्मक रहेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार