Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विरोध र प्रदर्शनपछि चीनका केही शहरमा लकडाउन खुकुलो

एजेन्सी । चीनले विरोध र प्रदर्शन देशव्यापी बढ्दै गएपछि कोरोना भाइरस रोकथामका लागि लागू गरेको लकडाउन केही खुकुलो पारेको छ ।

‘शून्य कोभिड नीति’ विरूद्धको प्रदर्शन बढ्दै गएपछि साङ्हाइ र क्वाङचौ जस्ता वित्तीय केन्द्रहरूसहित केही शहरहरूमा लकडाउन र कोभिड मापदण्ड खुकुलो बनाइएको हो ।

त्यस्तै, चोङकिङगमा पनि लकडाउन खुकुलो पारिएको बताइएको छ । चीनका उपप्रधानमन्त्री सन चुनलानले देशले नयाँ परिस्थितिको सामना गर्नुपरेको बताए ।

सरकारले शून्य कोभिड नीतिको नाममा नागरिकलाई घरभित्रै थुन्ने र आर्थिक क्रियाकलाप ठप्प पार्ने काम गरिहेको भन्दै यसअघि विभिन्न सहरमा प्रदर्शन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077