Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलामा ९९ हजार १ सय रुपैयाँ तोकिएको छ ।

हिजो पनि सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ ।

हिजो तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077