Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

८ विद्यार्थी संगठनले भने - धनगढीमा पक्राउ परेका विद्यार्थीहरुलाई निशर्त रिहाइ गर्नू

कैलाली । ग्रेडरले कुल्चेर ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको न्यायका लागि धनगढीमा प्रर्दशन गर्ने क्रममा पक्राउ परेका विद्यार्थीहरुलाई निशर्त रिहाइ गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । विभिन्न राजनीतिक दल सम्बद्ध ८ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

शुक्रबार निषेधाज्ञा तोडेर प्रर्दशनमा उत्रिएका २१ जना विद्यार्थी र केही स्थानीयलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको थियो । चेतनाको न्यायका निम्ति भइरहेको आन्दोलनप्रती ऐक्यबद्धता जनाउँदै प्रर्दशनका क्रममा नियन्त्रणमा लिइएका विद्यार्थीहरुलाई रिहा गर्न जारी विज्ञप्तिमा भनिएको छ ।

‘चेतनाको न्यायका निम्ति भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै आन्दोलनका प्रहरी प्रशासनको धरपकड र गिरफ्तारीको निन्दा र भत्र्सना गर्दछौँ,’ जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘गिरफ्तारी गरिएका साथीहरुलाई निशर्त रिहा गर्न माग गर्दछौँ। साथै ग्रेडर चालकलाई कडा कारवाही गरी मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ।’

विज्ञप्तीमा नेपाली कांग्रेस निकट नेविसंघ निवर्तमान सहमहामन्त्री अच्युत कलौनी, एमाले निकट अनेरास्ववियु सुदूरपश्चिमका संयोजक मनोज राई, माओवादी निकट अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष दिपककुमार डिसी, विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज बबरजंग सिंह लगायतले हस्ताक्षर गरेका छन् ।

हसनपुर पिपलचौतारा नजिक पानी पिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर चेतनाको मृत्यु भएको थियो । ग्रेडर र चालक जिल्ला चितवन भरतपुर महानगरपालिका २८ मा २७ वर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै ग्रेडरले किचेर ज्यान गुमाएकी बालिकाका परिवारले प्रहरीले चालकविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि शव बुझेका छन् । आजै शवको पोस्टमार्टम गरेर दाहसंस्कार गरिने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077