Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै, कर्ण थापा १९०० मतले पछाडि

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् । उनले नेकपा एमालेका कर्ण थापाभन्दा १९०० मतले अग्रता कायम राखेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार पाण्डले १४ हजार ६९६ मतगणना हुँदा ८ हजार ९५ मत प्राप्त गरे । थापाले ६ हजार १९५ मत ल्याउँदै पाण्डेलाई पछ्याइरहेका छन् ।

यस्तै राप्रपाका जंगकुमार गिरीले ४३ मत, जसपाका राम बहादुर शाहीले १९ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ४६ मत पाए । यसैगरी २९८ मत बदर भएको बताइएको छ ।

जसमा ४० मत बदर भएको बताइएको छ । बाजुरामा विवादका कारण रोकिएको मतगणना बिहीबार अपराह्नदेखि जारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077