Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुर्सी हानाहान

एजेन्सी । सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट भएको छ ।

संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सत्ता पक्षका पुरुष सांसद मासाता साम्बले विपक्षी दलकी महिला सांसद एनडिगो गिनिबीलाई थप्पड हानेपछि कुटाकुट भएको हो ।

त्यसपछ सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदबीच कुर्सी हानाहान भएको छ भने केहिले मुक्कामुक्की पनि गरेका छन् । बैठकमै सांसदहरुले अश्लिल शब्द प्रयोग गरेर एक अर्कालाई गाली पनि गरेको बताइएको छ ।

सेनेगलमा सत्तारुढ दलले बहुमत गुमाएपछि गएको जुलाई महिनामा चुनाव भएको थियो । चुनावमा सत्तारुढ पार्टीले बहुमत ल्याउन नसकेपछि तनाव झन बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077