Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कर्ण थापालाई हराउँदै बाजुरामा कांग्रेसका सहमहामन्त्री बद्री निर्वाचित

बाजुरा । बाजुराबाट नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गरेका हुन् ।

बुधबारबाट सुरुको मतगणनाको आइतबार आएको परिणाम अनुसार पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार ३४९ मत पाए ।

०६४ पछि बाजुरामा कांग्रेले पहिलो पटक चुनाव जितेको छ । ०७० र ०७४ मा बाजुरामा एमाले चुनाव जितेपनि कांग्रेसका पाण्डेले कांग्रेसलाई कमब्याक गराएका छन् ।

बाजुरामा बुथ कब्जा भएको भन्दै एमालेले मतगणनामा अवरोध गरेपछि निर्वाचन भएको ११ दिनपछि मात्रै मतगणना सुरु भएको थियो।

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077