Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

माओवादी केन्द्रका महासचिव गुरूङले भने - गठबन्धन तोड्ने वा फोड्ने कुरा भएको छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रले हाल कायम रहेको सत्ता गठबन्धनकै सरकार बनाउन पार्टीको प्राथमिकता रहने बताएको छ ।

पार्टी पदाधिकारीको आइतबार सम्पन्न बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका महासचिव देव गुरुङले हाल कायम रहेको गठबन्धनको विकल्प खोजिनसकेको स्पष्ट पारेका हुन् ।

महासचिव गुरूङले भने,‘अहिलेको गठबन्धनलाई तोड्ने वा फोड्ने कुरा भएको छैन। आपसी समझदारीलाई जोड दिने हो। अहिलेको गठबन्धनको विकल्पबारे सोचेका छैनौं । गठबन्धनको बैठक गरेर समीक्षा गर्छौं।’

गुरुङले पार्टीको बैठकमा सरकारको बारेमा उल्लेखनीय रुपमा विषय प्रवेश नै नगरेको दाबी गरे । उनले पार्टीको पदाधिकारी बैठकमा चुनावकै विषयमा छलफल केन्द्रित भएको पनि उनले जिकिर गरे । उनले समग्र चुनावी समीक्षा र सरकार निर्माणका सवालमा सत्ता गठबन्धनको बैठक सोमबार बोलाइएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077