Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड

    जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको तथा अन्य तीन जनालाई लामो काराबासको सजाय सुनाएको छ ।

    सरकारी समाचार समिति इर्नाका अनुसार इजरायली जासुरी संस्था मोसादका निम्ति काम गरेको अभियोगमा उनीहरूलाई देशको शक्तिशाली रिभोलुस्नरी गार्डले पक्राउ गरेको थियो ।



    अभियुक्तहरू विगतमा पनि आपराधिक गतिविधिमा संलग्न रहेका तथा उनीहरूले देशको सुरक्षा व्यवस्थामा आघात पार्ने प्रयास गरेका थिए ।



    इरान र इजराल क्षेत्रीय दुश्मन हुन् । इरानले बेलाबखत इजरायल र अमेरिकालगायत देशका लागि जासुसी गरेको भन्दै मानिसहरू पक्राउ गरेको घोषणा गर्ने गरेको छ ।

    तेहरानले इजरायल एक स्वतन्त्र राष्ट्रको मान्यता दिएको छैन उसले इजरायल विरोधी सशस्त्र समूह हिज्बुल्लाह र हमासलाई सहयोग गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार