Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

प्रकाशमानलाई भेट्न कृष्णगोपाल चाक्सीबारीमा

काठमाडौं । प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेसका प्रकाशमान सिंहलाई भेट्न सोमबार एमालेका कृष्णगोपाल श्रेष्ठ चाक्सीबारीमा पुगेका छन् ।

सिंह निवास चाक्सीबारी पुगेका श्रेष्ठ र सिंहबीच बधाई तथा शुभकामना आदनप्रदानसहित राजनीतिक तथा समसामयिक विषयमा कुराकानी भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसकेको छ भने समानुपातिकको पनि आउने नतिजाको अनुमान भइसकेको छ ।

यस अवस्थामा दलीय समीकरण कस्तो बन्ला भन्ने आमचासो बढिरहेका बेला नेताहरुले भेटवार्तालाई तीव्रता दिइरहेका छन् ।

बधाई तथा शुभकामना आदनप्रदानको बहानामा उनीहरु राजनीतिक समीकरण निर्माणका लागि भेटवार्ता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077