Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सुनचाँदीको मूल्य यथावत्, मंगलबारकै दरमा कारोबार हुँदै

काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य यथावत् रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि सुन तथा चाँदीको कारोबार मंगलबारकै दररेटमा भइरहेको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार सुनको मूल्य तोलामा ६०० रुपैयाँ घटेको थियो। मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य पनि यथावत् रहेको छ। मंगलबारजस्तै बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३५० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077