Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

माधव नेपाल र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।

मंगलबार आलोकनगरस्थित नेकपा एसको केन्द्रीय पार्टी कार्यलयमा अध्यक्ष नेपाल र थम्पसनबीच भेटवार्ता भएको थियो ।

भेटमा स्वागत एवम् कार्यकाल सफलताको कामनासहित नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको नेता नेपालको सचिवालयले जानकारी दिएको छ ।

राजदूत थम्पसन नेपाललाई भेट्न नेकपा एसको केन्द्रीय पार्टी कार्यलय पुगेका थिए ।

थम्पसनले मंगलबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग पनि खुमलटारस्थित दाहाल निवास पुगेर भेट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077