Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य फेरि बढेर लाख नजिक, कति छ आजको बजार भाउ ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रूपैयाँ पुगेको छ ।

अघिल्लो दिन प्रतितोला ९९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४ सय रूपैयाँले बढेको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रूपैयाँले नै बढ्दै ९९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले बढ्दै १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077