काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताएका छन् ।
बिहीवार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले विदेशीहरुलाई नेवारी संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने बताएका हुन् ।
उनले नेवारी संस्कृति नेपाललाई विश्वमाझ चिनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
उनले भने, ‘हाम्रो पहिचान भनेकै भाषाको पहिचान हो । नेवारी भाषाको जोड दिएर जुन रुपमा अगाडि बढाउनुपर्ने हो त्यसमा सबै मिलेर काम गर्नुपर्छ । हाम्रो जुन संस्कृति छ । नेपालको विदेशीहरुले चिन्ने भनेकै नेवारी संस्कृतिबाट नेपाललाई चिनाउने सशक्त माध्यमको रुपमा अझ काम गरेर अगाडि बढाउनुपर्छ ।’
पुर्खाहरुले स्थापित गरेका मौलिक संस्कृतिलाई नयाँ पुस्ताले अवमूल्यन गर्नु नहुने उनको भनाइ छ ।