Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कागेश्वरी मनोहरा नगरपालिकामा तालाबन्दी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् ।

नगरपालिका कार्यालय अघिल्तिरको सडक वर्षौंदेखि कालोपत्रे नभएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।

चावाहिल–साँखु सडक खण्डको थली क्षेत्रको सडकमा समस्या भएको स्थानीय गुनासो छ । यो क्षेत्र नगरपालिकाको ५ नम्बर वडाअन्तर्गत पर्दछ ।

यो क्षेत्रको सडक निर्माणको नाममा वर्षौं काम नभएको स्थानीयको भनाइ छ । स्थानीयहरू नगरपालिकाका मेयर उपेन्द्र कार्की र वडाध्यक्ष शंकर पाण्डेको विरोध गर्दै तालाबन्दीमा उत्रिएका हुन् ।

चावाहिल–साँखु सडक खण्डमध्ये थली क्षेत्रमा झन्डै १ किलोमिटर कच्ची अवस्थामा रहेको छ । बाटो कालोपत्रे नहुँदा हरेक वर्ष सो खण्डमा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

नगरपालिकाले भने उक्त सडक निर्माणको जिम्मा नगरपालिकाको नभई सडक विभागको जिम्मामा भएको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077