Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सिराहाबाट ९२ किलो गाँजासहित तीन जना पक्राउ

सिराहा । प्रहरीले प्रतिबन्धित ९२ किलो अवैध लागूऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ ।

जिल्लाको उत्तरवर्ती धनगढीमाई नगरपालिका-१२ कुसमाहा खुट्टीखोलाक्षेत्रबाट सिराहा भगवानपुर गाउँपालिका-४ का ४४ वर्षीय शिवनाथ मण्डल,

५५ वर्षीय बेचु मण्डल र सप्तरीको बोदेबर्साइन नगरपालिका– ९ का ४८ वर्षीय रामकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

सिराहा प्रहरीका अनुसार उनीहरूले चारवटा प्लाष्टिकको बोरामा प्याक गरिएको ९२ किलो गाँजा बोकेर उत्तरबाट दक्षिणतिर आउँदै थिए ।

पक्राउ परेकाहरूविरुद्ध प्रहरीले लागूऔषध मुद्दामा सिराहा जिल्ला अदालतबाट अनुसन्धानका लागि सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077