Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पिरो खाएर खोक्दा छातीका ४ करङ भाँचिएपछि...

एजेन्सी । एक महिलालाई पिरो तथा मसालेदार खाना खाँदा खोकी सुरु भयो । उनको खोकी यति चर्को थियो कि करङका चारवटा हड्डी नै भाँचिए ।

छाति दुखेर केही दिनपछि डाक्टरकोमा चेकजाँच गराउन जाँदा मात्रै उनले आफ्नो करङ भाँचिएको थाहा पाइन् । चीनको सांघाइमा बस्ने हुआंगमाथि यस्तो बज्रपात भएको हो ।

हालै एकदिन पिरो खानेकुरा खाने क्रममा उनलाई खोकी सुरु भयो । निकैबेर सम्म जोडसँग खोक्दा उनको छातिमा दबाब पर्‍यो र उनले आफ्नो छातिबाट तीव्र कर्कश आवाज सुनिन् ।

केही दिनपछि त उनलाई स्वास फेर्न र बोल्न नै अप्ठेरो हुन लाग्यो ।  छातीको दुखाई तीव्र बनेसँगै उनी चेकजाँचका लागि अस्पताल पुगिन्। त्यहाँ सिटी स्क्यान गर्दा उनको छातीका चार वटा करङ भाँचिएको डाक्टरहरुले पत्ता लगाए ।

डाक्टरहरूले एक महिनासम्म उनको कम्मर र छातीमा पट्टी बाँध्न लगाएका छन् । हुआंगको शरीर आवश्यकताभन्दा दुब्लो रहेका कारण करङका हड्डी बाहिरबाटै देखिन्छन् ।

उनको उचाइ पाँच फिट ६ इन्च र वजन ५७ किलो छ । त्यसैले जोडसँग खोकी लाग्दा उनका करङ नै क्षतिग्रस्त भए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077