Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • सरकार विरोधी प्रदर्शनमा इरानमा दोस्रो व्यक्तिलाई मृत्युदण्ड

    सरकार विरोधी प्रदर्शनमा इरानमा दोस्रो व्यक्तिलाई मृत्युदण्ड

    अनलाइन नेपाल
  • सोमबार, २६ मंसिर २०७९
  • 1.4K
    SHARES

    एजेनसी । इरानमा सरकार विरोधी प्रदर्शनका लागि अर्का एक व्यक्तिलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिइएको छ ।

    हिरासतमा मसाह अमिनीको मृत्यपछि भड्किएको प्रदर्शनमा पक्राउ परेका माजिद्रेजा रहनाभार्डलाई मसदको अज्ञात सार्वजनिक स्थानमा मृत्युदण्ड दिइएको हो ।



    उनी दुई सुरक्षाकर्मीको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । तस्बिरमा एक व्यक्तिको हात बाँधिएको र क्रेनको सहयोगमा फाँसी दिइएको देखिन्छ ।



    यसअघि सरकार विरोधी प्रदर्शन गरेको आरोपमा पहिलो बन्दी मोहसिन शेखरीलाई गत बिहीबार फाँसी दिइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार