Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

तीन सय ६३ केजी अवैध लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा,चालक फरार

पर्सा । सशस्त्र प्रहरीले करीब ३ सय ६३ केजी अवैध लागूऔषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ।

पर्साको ठोरी गाउँपालिका- ३ स्थित ठुटेखोला इलाकाबाट सशस्त्र प्रहरीको बिओपी ठोरीले गाँजासहित ट्रक नियन्त्रणमा लिएको हो ।

मकवानपुरको हेटौडाबाट पर्साको विजय बस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रकमा फल्स वटन प्रयोग बनाई २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उक्त ट्रकका चालक प्रहरीलाई देख्नासाथ ट्रक सोही ठाउँमा छाडि फरार भएका थिए । बरामद गाँजा तथा ट्रक ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077