काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसदको नामावली सार्वजनिक गरेको छ ।
आयोगले समानुपातिक प्रणालीबाट निर्वाचित भएका ११० सांसदहरूको तस्बिर र ठेगानासहितको विवरण सार्वजनिक गरेको हो ।
आयोगले समानुपातिक निर्वाचन प्रणालीमार्फत विभिन्न ७ दलबाट निर्वाचित ११० जना र सात वटै प्रदेश सभामा विभिन्न दलबाट निर्वाचित २२० जना सांसदको नामावली सार्वजनिक गरेको हो ।
समानुपातिकतर्फ ११० सिट मध्ये सबैभन्दा बढी नेकपा एमालेले ३४ सीट, नेपाली कांग्रेसले ३२ सीट, नेकपा (माओवादी केन्द्र) ले १४ सीट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सीट, जनता समाजवादी पार्टीले ५ सीट र जनमत पार्टीले ५ सीट प्राप्त गरेको छ ।
समानुपातिक तर्फबाट निर्वाचित ११० जनालाई पुस ३ गते प्रमाणपत्र दिने आयोगले जनाएको छ । आयोगले अन्तिम मतपरिणामको प्रतिवेदन भने भोलि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनेछ ।
समानुपातिक सांसदहरुः