काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख एक हजार रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ७ सय रूपैयाँले घटेर एक लाख ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १४०० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको हो ।