Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • परिवारसहित विवेक ओवरायले गरे पशुपतिको दर्शन

    परिवारसहित विवेक ओवरायले गरे पशुपतिको दर्शन

    अनलाइन नेपाल
  • बिहिबार, २९ मंसिर २०७९
  • 831
    SHARES

    काठमाडौं । नेपाल घुम्न आएका बलिउड अभिनेता विवेक ओवरायले बिहीबार बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका छन् ।

    आज बिहान सपरिवार पशुपति गएर उनीहरूले पूजाअर्चना गरेका हुन् । बुबाआमा, श्रीमती र छोराछोरीसहित विवेक बुधबार साँझ काठमाडौं उत्रिएका थिए ।



    विवेकले पशुपतिको दर्शन गर्ने धेरै पहिलादेखिको धोको बल्ल पूरा भएको भन्दै खुसी व्यक्त गरे । व्यवसायी पुनम यादवको पहलमा नेपाल आएका ओबरोय आजै चन्द्रागिरी जानेछन् ।



    नेपाल बसिन्जेल सगरमाथा बेसक्याम्प, पोखरा, लुम्बिनीलगायतका ठाउँको भ्रमण पनि गर्दैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार